६० किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौं । उदयपुरमा गाँजासहित दुईजना पक्राउ परेका छन् । कटारी नगरपालिकाबाट ६० किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरूमा ताप्ली गाउँपालिका–२ बस्ने ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राई छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रीस्कु कटारीबाट खटिएको प्रहरीले तीनवटा बोरामा उक्त परिमाणको गाँजा बोकी लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाइएको छ ।