काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ७७ देशका १ हजार ६३३ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ५० वटा हिमाल आरोहणका लागि १९० टोलीका आरोहीले अनुमति लिएका हुन् । विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा १ हजार २५३ पुरुष र ३८० महिला रहेका छन् ।