पाँच महिनामा आयात/निर्यात दुवैमा गिरावट : भारततर्फको निर्यात ११.३ प्रतिशतले घट्यो 

काठमाण्डौँ - चालु आव २०८०र८१ को पाँच महिनामा आयात र निर्यात दुवैमा कमी आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आव २०८०र८१ को पाँच महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो । 

समिक्षा अवधिमाल वस्तु निर्यात ६.१ प्रतिशतले कमी आई रु ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४.६ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११.३ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३२२.३ प्रतिशत र २.३ प्रतिशतले वृद्धि भएको छ ।

 वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल,चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको छ ।