बन्दीपुर केबलकारको आइपिओ निष्कासन गर्ने

काठमाडौँ l तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपीओ निष्कासन गर्ने भएको छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ । कम्पनीले भोलि शनिबार पुस २८ साधारण सभा बोलाएको छ।

कम्पनीले १०० रूपैयाँ अंकित दरका ३० करोड ६० लाख रूपैयाँ बराबरको ३० लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ।
जुन कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोडको १२ प्रतिशत हो। यस अन्तर्गत २ प्रतिशत स्थानीयलाई र २ प्रतिशत प्रवासी नेपाली, म्युचुअल फण्ड, कम्पनीको कर्मचारीहरूको लागि छुटाएको सचिवले श्रेष्ठले बताए।
परियोजनाको लागत ३ अर्ब ५८ करोड रूपैयाँ रहेकोमा बैंक ऋण १ अर्ब ३ करोड रहेको छ।

यस परियोजनाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ। यो परियोजना दक्षिण एसियाकै मौलिक परियोजना भएको कम्पनीको दाबी छ।
कम्पनीले केबलकार, पाँच तारे होटल, जीप लाइन, बन्जी जम्प, क्यान्टि लिभर सहितको सिसाको पुल, भ्युटावर लगायतका पूर्वाधार निर्माण गर्दैछ ।
कम्पनीले विसं २०८० वैशाख २५ गते केबलकार सञ्चालनका लागि परीक्षण गर्ने तयारी थालेको छ भने पाँच तारे होटल आगामी मङ्सिरमा सञ्चालन गर्ने कम्पनीको तयारी छ ।