४ महिनामै ३४ अर्बको मल आयात

  • शुक्रबार​ १२ मंिर २०८३ ११:०० AM
काठमाडौं :  नेपालमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब ३४ अर्ब रुपैयाँबराबरको मल भित्रिएको छ। भन्सार विभागका अनुसार, आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्म नेपालले २७ करोड किलो मल आयात गरेको छ भने लगभग दुई करोड रुपैयाँको राजस्व संकलन गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार, कृषिमा व्यवसायीकरण बढ्दै गएपछि परम्परागत रूपमा प्रयोग हुने गोठेमल, कम्पोस्ट मल र हरियो मलको प्रयोग घट्दै गएको हुनाले रासायनिक मलको माग तीव्र रूपले बढेको छ। आँटेको