असोज ९ गते शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई सम्बोधन गरे। सम्बोधनको अन्त्यमा ‘पशुपतिनाथ...’ उच्चारण गरिदिएका कारण मुलुकको ‘एलिट इन्टेलेक्चुअल क्लास’ (कुलीन बुद्धिजीवी वर्ग), जसलाई वामपन्थीहरू ‘अभिजात बुद्धिजीवी वर्ग’ पनि भन्छन्, प्रफुल्ल मुद्रामा छ। औपचारिक मञ्चमा भव्य सम्बोधन गरेका प्रधानमन्त्री विश्वभरि चर्चाका पात्र त बने, तर कूटनीतिक र मानवीय संवेदनशीलताका महत्वपूर्ण अवसर भने गुमाए।गत वर्ष भदौ २३ र २४ गते भएको &lsqu