सबै पत्रकार होइनन्, सबै कन्टेन्ट पत्रकारिता होइन

  • शुक्रबार​ १२ मंिर २०८३ ११:०० AM
आजको डिजिटल युगमा सूचना प्रवाहको स्वरूप निकै बदलिएको छ। फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालले हरेक व्यक्तिलाई आफ्ना विचार र सूचना सार्वजनिक गर्ने मञ्च दिएका छन्। कुनै घटना घटेको केही मिनेटमै त्यसका तस्बिर, भिडियो र विवरण हजारौं मानिससम्म पुग्छन्। सूचना आदानप्रदानको यो सहजता प्रविधिको महत्वपूर्ण उपलब्धि हो। तर, यही सहजतासँगै एउटा गम्भीर अन्योल पनि सिर्जना भएको छ– आखिर पत्रकारिता के हो ? सामाजिक सञ्जालमा सामग्री राख्ने सबै पत्रकार हुन् कि कन्टेन्ट क्रिएटर ? अनि, भाइरल भएको सामग्री नै