काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १४.०८ अंकले घटेर २६२२.६७ विन्दुमा अडिएको हो।प्रि ओपन सेसनमा ५७ वटा स्क्रिप्सको ६० हजार ३३ कित्ता सेयर ३ करोड ८२ लाख ५ हजार ३२१ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १२ वटा स्टक्सको मूल्य बढ्दा ३७ वटाको घट्यो। बाँकी ५ वटा स्टक्सको मूल्य यो समयमा स्थिर रह्यो।