काठमाडौँ : सर्लाहीको बरहथवा नगरपालिका–१७ कटानीमा मोटरसाइकल अनियन्त्रित भई नहरमा खस्दा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बुधबार साँझ करिब ७ बजे मलंगवाबाट सितापुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट नहरमा खसेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–१ नयाँ बजारका २३ वर्षीय रुपेश पासवान गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बरहथवास्थित भेनस अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकलको पछाडि सवार सोही स्थानका २२ वर्षीय सुवेश पासवानको चिउँडोमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको ... The post अनियन्त्रित मोटरसाइकल नहरमा खस्दा युवकको मृ’त्यु appeared first on Kalika Khabar.