धनकुटा : धनकुटाको भेडेटारदेखि पाँचथरको रवि हुँदै इलामको राँकेसम्म जोडिने ‘भेडेटार–रवि–राँके सडक’ निर्माणले पछिल्लो समय गति लिन थालेको छ। तीन जिल्लालाई जोड्ने करिब १०० किलोमिटर लामो यो सडक लामो समयदेखि निर्माणाधीन रहे पनि अहिले निर्माण कम्पनीले जनशक्ति र उपकरण थप गर्दै कामलाई तीव्रता दिने तयारी गरेको छ।आइतबार धनकुटा, पाँचथर र इलामका स्थानीय तहका जनप्रतिनिधि, आयोजना कार्यालयका इन्जिनियर, निर्माण कम्पनीका प्रतिनिधि तथा अन्य सरोकारवालाको टोलीले भेडेटारदेखि रवि हुँदै राँकेसम्म