वीरेन्द्रनगर : १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित मुख्य कभर्डहलमा जारी बक्सिङको पहिलो चरणका खेलहरू बिहीबार सम्पन्न भएका छन् । बिहीबार भएका महिला र पुरुषतर्फका कुल ३४ बाउट (खेल) का नतिजासँगै शुक्रबार हुने क्वाटरफाइनल समीकरणसमेत पूरा भएको छ ।प्रतियोगिताको पहिलो दिन विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । यस्तै, सह–आयोजक कर्णाली प्रदेश