काठमाण्डु – नेपालको अन्तरराष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ। नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा दुई देशबीच सहमति जुटेको छ। यससँगै विशेषगरी भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय उडानको प्रभावकारी केन्द्रका रूपमा विकास गर्ने नेपालको प्रयासले नयाँ