नेपाली सिनेमा हलमा फ्राइडे रिलिज : ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ 

 काठमाडौँ - आज शुक्रबारबाट नेपालमा दुई नेपाली फिल्म ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ देशभरका सिनेमाघरमा रिलिज हुँदैछन् ।

बाबुछोरीको सम्बन्धको कथा बोल्ने फिल्म ‘चित्रा’मा घनश्याम लामिछाने र प्रेमकथाको ‘पर्खि बसें तिमीलाई’मा दीपक श्रेष्ठको निर्देशन छ । घनश्याम र दीपकको यो निर्देशकीय कमव्याक फिल्म हो । घनश्यामले यसअघि ‘धौली’ र ‘पञ्चेबाजा’ जस्ता समीक्षात्मक रुपमा राम्रा फिल्म निर्देशन गर्नुभएको थियो । घनश्यामका अनुसार ‘चित्रा’ले विशेष रुपमा बाबुछोरीको कथालाई प्रस्तुत गरेको छ । ‘बाबुछोरीको कथासँगै अन्य कथाहरु पनि जोडिँदै जान्छन् । फिल्मले साथीत्वको कथालाई पनि प्राथमिकता दिएको छ’, उनी भन्छन् । ।

फिल्ममा सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरे, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेललगायतका कलाकारको अभिनय छ ।

फिल्मका निर्माता आशिष थापा मगर र कार्यकारी निर्माता सन्तोष अधिकारी हुनुहुन्छ । यो फिल्म सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको हो ।