राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट राप्रपाका थापाले लिए उम्मेदवारी फिर्ता

 लुम्बिनी - राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको अन्यमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका निरन्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । लुम्बिनीमा सात जनाको उम्मेदवारी दर्ता भएको थियो । थापाले उम्मेदवारी फिर्ता लिएपछि ६ जनाको उम्मेदवारी कायम भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।