सिरहा । सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर प्लेट नखुलेको सिल्भर कलरको स्कार्पियोले साइकलमा सवार बसन्त महरालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका करिब ५० वर्षीय महराको गोलबजार हेल्थकेयर सिरहामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका स्कार्पियो र चालकको खोजी गर्ने क्रममा प्रहरीले अनुसन्धानबाट सवारीसाधनको पहिचान गरेको थियो । त्यसपछि मंसिर १० गते बिहान करिब १०ः५० ... The post साइकल यात्रीलाई ठक्कर दिएर फरार स्कार्पियो चालक पक्राउ, घाइते एक जनाको मृत्यु appeared first on Kalika Khabar.