ऋणीको जग्गामा मिटरब्याजीको मनोमानी: संयुक्त राजीनामाको जग्गा अर्कैलाई बिक्री!

  • शुक्रबार​ १२ मंिर २०८३ ०९:०० AM
ढल्केवर (धनुषा) : धनुषामा एक सुदखोरले ऋण दिँदा धितोस्वरूप आफ्नो नाममा पास गराएको ऋणीको जग्गा अर्कै व्यक्तिलाई बिक्री गरेको तथ्य बाहिरिएको छ। ऋण चुक्ता भइसक्दा पनि फिर्ता नगरेको र अर्कै व्यक्तिलाई बिक्री गरेको विषय प्रहरीमा पुगेपछि उक्त घटना बाहिरिएको हो।एक करोड रुपैयाँ ऋणको साँवा–ब्याज चुक्ता गर्न धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ महेन्द्रनगरका ३६ वर्षीय सुरेन्द्रकुमार यादवले १ करोड ४१ लाख रुपैयाँ बुझाउँदासमेत जग्गा र चेक फिर्ता नपाएपछि ठगी तथा अनुचित लेनदेनको विवाद प्रहरीसम्म पुगेको