काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले १५ देखि २६ नोभेम्बरसम्म चीनका छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको थियो । भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय राजनीतिक संवाद गरेको थियो