काठमाडौं : मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाएको प्रकरणमा पूर्वमन्त्री, पूर्वसचिव तथा उच्च सरकारी अधिकारीसहित ११ जना पक्राउ परेका छन्।करिब ७ लाख ५० हजार ९ सय ८८ नेपाली श्रमिकबाट अतिरिक्त शुल्क असुल गरी १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको छ।यस प्रकरणमा नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष तथा बायोमेट्रिक प्रणाली सञ्चालक कैलाश खड्कासहित रवीन्द्र