डाक्टरी पढ्नेका सकस

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:०० AM
चिकित्साशास्त्रको कठिन प्रवेश परीक्षा उत्तीर्ण गर्नु नै सेतो कोट पहिरिने सपनाको पूर्णता होइन। नेपालमा चिकित्सक बन्ने आकांक्षा र यथार्थबीच सिटको सीमितता तथा चर्को शुल्कको ठूलो खाडल छ। चिकित्सा शिक्षा आयोगको परीक्षामा बर्सेनि औसत १० हजार विद्यार्थी उत्तीर्ण भए पनि सरकारी तथा निजी गरी २८ मेडिकल कलेजमा करिब २ हजार ७ सयले मात्र भर्ना पाउँछन्। त्यसमाथि, एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ र बाहिर करिब ४६ लाख रुपैयाँ शुल्क तोकिएको छ। आवास र अन्य खर्च जोड्दा ५० लाख नाघ्ने