काठमाडौं : मुलुकको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउने संवैधानिक व्यवस्था भए पनि प्रधानमन्त्री वालेन्द्र शाहले त्यसलाई बेवास्ता गरेका छन्। भारतको औपचारिक भ्रमणबाट फर्किएको चार दिन बित्दासमेत राष्ट्रपति पौडेलसँग भेटवार्ता नगरेका प्रधानमन्त्री शाहले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भने घण्टौं छलफल गरेका छन्। बिहीबार बूढानीलकण्ठस्थित लामिछाने निवास पुगेर प्रधानमन्त्री शाहले करिब पाँच घण्टा समय दिई भार