तीन महिनादेखि धादिङ सडक सम्पर्कविहीन

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:०० AM
धादिङ : भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ६ वटा पक्की पुल बगाएपछि धादिङका विभिन्न भेग तीन महिनादेखि प्रत्यक्ष सडक सम्पर्कविहीन छन्। बस्ती जोड्ने मुख्य सडक नै बाढीले बगाएपछि झन्डै दुई लाख नागरिकको दैनिकी कष्टकर बनेको छ भने एम्बुलेन्स नचल्दा बिरामीलाई समयमै अस्पताल पुर्‍याउनसमेत सकस भइरहेको छ।पुल नहुँदा स्थानीय बासिन्दाले लामो, कच्ची र जोखिमपूर्ण वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। सामान्य अवस्थामा १५–२० मिनेटमै पुगिने स्वास्थ्य संस्था पुग्न अहिले घण्टौं घ