दाहालको प्रस्ताव ‘शान्ति सम्झौताका पक्षधरबीच सहकार्य’

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:०० AM
बर्दिबास : नेकपा संयोजक पुष्पकमल दाहालले शान्ति सम्झौता र संविधानसभाका सहयात्री दलबीच सहकार्यको प्रयास भइरहेको बताएका छन्। वामपन्थी एकताले मात्रै मुलुकको हालको संकट समाधान नहुने भन्दै दाहालले वाम–लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक भएको बताए।‘वामपन्थीमात्रै मिलेर अहिलेको राष्ट्रिय संकट समाधान हुँदैन,’ दाहालले बिहीबार अन्नपूर्णसँगको कुराकानीमा भने, ‘१२ बुँदे समझदारीका सहयात्री र संविधानसभाका सहयात्री सबै मिल्नुपर्छ भनेर हामी संवादमा छौं। ती सबै दलहरूसँग सहकार्य अगाडि बढ्छ