सुर्खेत– दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जारी बक्सिङमा विभागीय टोलीका खेलाडीले पहिलो चरणमा प्रभावशाली प्रदर्शन गरेका छन्। महिला र पुरुषतर्फ बिहीबार सम्पन्न ३४ बाउटका प्रतिस्पर्धासँगै क्वाटरफाइनलको समीकरण पूरा भएको छ। वीरेन्द्रनगरस्थित मुख्य कभर्डहलमा जारी प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) का खेलाडीले विभिन्न तौल समूहमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएका