महोत्तरी : सोनमा गाउँपालिकामा बिहीबार २२ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुने सडकको शिलान्यास गरिएको छ।मधेशका पूर्वमुख्यमन्त्री एवं महोत्तरी क्षेत्र नम्बर ४ (क)का प्रदेशसभा सदस्य सरोज कुमार यादवले उक्त २ सडक योजनाहरूको शिलान्यास गरेका हुन्।सोनमा बजार हुँदै सरस्वती जनता माध्यमिक विद्यालयदेखि सिंहासनीसम्म जोड्ने सडक निर्माणका लागि १३ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको पूर्वमुख्यमन्त्री यादवले जानकारी दिएका छन्।त्यस्तै सोनमा गाउँपालिका वडा नम्बर १ स्थित एनएनबी बैंकदेखि गुलरिया गाउँस