काठमाडौँ । रामेछाप हुँदै सोलुखुम्बुको सगरमाथा आधार शिविर जोड्ने हिमाली पर्यटन राजमार्ग निर्माणका लागि रु पाँच अर्ब बजेट स्रोत सुनिश्चित भएको छ । पूर्वाधार विकास मन्त्रालयले रामेछापको विकास, समृद्धि तथा पर्यटन पूर्वाधार विस्तारका दृष्टिले महत्वपूर्ण आयोजनाका रूपमा यसलाई अघि बढाइएको हो । रामेछापका सङ्घीय सांसद डा कृष्णहरि बुढाथोकीले सो आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी