चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको समय सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन । गत पुस १५ गते सक्नेगरी त्यसको तीन वर्ष अघि २०७९ पुस १५ गते सडक विस्तारको ठेक्का लगाइएको थियो । दुई पटक म्याद थप गर्दासमेत हालसम्म भुक्तानी प्रगति ४६ प्रतिशत मात्र भएको छ ।