गण्डकी । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र हरिया डाँडापाखा नियाल्दै पोखराको आकाशमा प्याराग्लाइडिङ गर्न यतिबेला पर्यटक लालयित छन् । नेपाल हवाई खेलकुद संस्थाका अनुसार अहिले दैनिक दुई सयबढी स्वदेशी तथा विदेशी पर्यटकले प्याराग्लाइडिङ उडानको साहसिक अनुभव लिइरहेका छन् । दसैँ–तिहारको बिदाका बेला यो सङ्ख्या दैनिक चार सयसम्म पुगेको थियो