ढल्केवर : धनुषामा एक सुदखोरले ऋण दिँदा धितोस्वरूप आफ्नो नाममा पास गराएको ऋणीको जग्गा अर्कै व्यक्तिलाई बिक्री गरेको तथ्य बाहिरिएको छ। ऋण चुक्ता भइसक्दा पनि फिर्ता नगरेको र अर्कै व्यक्तिलाई बिक्री गरेको विषय प्रहरीमा पुगेपछि उक्त घटना बाहिरिएको हो।एक करोड रुपैयाँ ऋणको साँवा–ब्याज चुक्ता गर्न धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–६ महेन्द्रनगरका ३६ वर्षीय सुरेन्द्रकुमार यादवले एक करोड ४१ लाख रुपैयाँ बुझाउँदासमेत जग्गा र चेक फिर्ता नपाएपछि ठगी तथा अनुचित लेनदेनको विवाद प्रहरीसम्म पुगेको ह