काठमाडौं : सामाजिक उद्यमशीलताको माध्यमबाट आर्थिक तथा सामाजिक रूपान्तरणलाई प्रवर्द्धन गर्दै आएको नबिल बैंक लिमिटेडको प्रमुख संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेन्योरसिप’ (नबिल एसएसई)ले स्थापनाको पाँच वर्ष पूरा गरेको छ।सन् २०२१ नोभेम्बर २६ मा सुरु भएको नबिल एसएसईले पाँच वर्षमा एक हजार ५८० जनालाई उद्यमशीलतासम्बन्धी ज्ञान तथा सीप प्रदान गरेको छ। जसबाट ३१८ वटा सामाजिक उद्यम स्थापना भएका छन् भने हालसम्म १९ हजार ३०३ भन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी