काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’बीच बिहीबार भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटवार्ता ५ घण्टासम्म चलेको जनाइएको छ । भेटका क्रममा प्रधानमन्त्री शाहले हालैको भारत भ्रमणबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । भारत भ्रमण तथा त्यसबाट प्राप्त उपलब्धिबारे पनि दुवैबीच छलफल भएको जनाइएको