राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका निशा र मुकुलले बिहीबार विवाह गरेका हुन् । उनीहरूले लामो समयदेखिको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका हुन् । मुकुलको घर विराटनगर र निशाको घर झापामा रहेको छ