सुर्खेत – १०औँ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा भएको खेलमा गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्दै बागमतीले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । यसअघि बागमतीले सुदूरपश्चिम प्रदेशलाई पनि पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सबै विकेट गुमाएर