सर्लाहीमा ११ कट्ठा जग्गाको अभिलेख किर्ते गरेको आरोपमा मालपोतका तत्कालीन प्रमुख र वडाध्यक्षसहित ७ जनाविरुद्ध मुद्दा

  • बिहीबार ११ मंिर २०८३ ११:३० AM
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीमा जग्गाको सरकारी अभिलेख अनधिकृत रूपमा फेरबदल गरी अर्कै व्यक्तिका नाममा दर्ता गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन प्रमुख र वडाध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, सर्लाहीका तत्कालीन कार्यालय प्रमुख पनिलाल यादव, तत्कालीन नायब सुब्बा टुकराम कोइराला र तत्कालीन खरिदार राजेश कुमार