काठमाडौं : आदिवासी जनजाति समुदायले आफ्नो सहमतिविना कुनै पनि परियोजना सञ्चालन नगर्न चेतावनी दिएको छ।आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासंघलगायतका संघसंस्थाहरूले बिहीबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी 'आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसुसूचित सहमति (एफपिक) कार्यान्वयन राष्ट्रिय निर्देशिका' सार्वजनिक गर्दै उक्त चेतावनी दिएका हुन्। आदिवासी जनजाति समुदायलाई पुऱ्याउने फाइदा र बेफाइदाबारे छलफल गरेर मात्रै कुनै पनि परियोजन