काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको वरीयता हेरफेर गरेको हो।सातौं नम्बरमा रहेकी गौतमलाई तेस्रो वरीयतामा राखिएको छ। सोवितालाई तेस्रोमा ल्याउँदा मन्त्रीहरू शिशिर खनाल, विराजभक्त श्रेष्ठ,सुधन गुरुङ र सुनिल लम्सालको वरीयता एक-एकले तल झरेको छ।अन्य मन्त्रीहरूको वरीयता भने यथावत् राखिएको छ।