काठमाण्डुका सडकमा बिहान ५–६ बजेको झिसमिसेमै ५ वर्षदेखि १७–१८ वर्षसम्मका बालबालिका विद्यालय बस कुरिरहेका दृश्य आजकल सामान्यजस्तै बनेका छन् । जाडोको सिरेटो र कुहिरो छिचोल्दै निद्रालु आँखाले बसको प्रतीक्षा गरिरहेका बालबालिकासँगै अभिभावक पनि सडकमा उभिएका देखिन्छन् । विद्यालय जाने उमेरका बालबालिकाको बिहान यसरी सुरु हुनु र साँझ अध्याँरो भइसकेपछि मात्र घर फर्किनु अहिले सामान्य अभ्यासजस्तै