काठमाण्डु– नागरिक लगानी कोषले नेपाल वायुसेवा निगम र माथिल्लो तामाकोसीमा गरेको लगानीअन्तर्गतका ऋणको ब्याजदर तत्काल पुनरावलोकन गर्न माग गरिएको छ। बिहीबार बसेको अर्थ समितिको ३६औँ बैठकमा सांसद सुशील खड्काले उक्त ऋणको ब्याजदर करिब १० प्रतिशत रहेको उल्लेख गर्दै बैंकहरूको ब्याजदर ५–६ प्रतिशतमा झरिसकेकाले पुनरावलोकन गर्नुपर्ने बताएका हुन् । उनले ब्याजदर घटाइए नेपाल वायुसेवा निगम र