पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया थालेको छ । अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । मलेसिया कामदार पठाउने बहानामा श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप उनीमाथि लगाइएको