गोरखा अस्पतालमा आईसीयू सेवा सुरु

  • बिहीबार ११ मंिर २०८३ ०३:०० PM
गोरखा : जिल्ला सदरमुकाममा रहेर सेवा दिइरहेको प्रदेश अस्पताल गोरखाले एमआईसीयू सेवा सुरु गरेको छ। सघन उपचार गर्नुपर्ने बिरामीको आवश्यकतालाई मध्यनजर गरी बिहीबारदेखि मेडिकल आईसीयू सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष कृष्ण ढकालले जानकारी दिए।‘अस्पतालको सेवा वृद्धि गर्दै जाने क्रममा आजदेखि हामीले पाँच शय्याको मेडिकल आईसीयू सेवा सुरु गरेका छौँ,’अध्यक्ष ढकालले भने, ‘अब निमोनिया, दम, मेनिन्जाइटिसजस्ता जटिल समस्या भएका बिरामीलाई पनि हामी गोरखा अस्पतालमै सेवा दिन सक्छौँ।’