गुलरिया : बर्दियामा ठूलो परिमाणमा खरबुजाको बीउ बरामद गरिएको छ। नेपाल–भारत सीमा नजिकै नेपालतर्फको क्षेत्रबाट छोटी भन्सार कार्यालय गुलरिया, बर्दियाको टोलीले विशेष सूचनाका आधारमा खरबुजाको बीउ नियन्त्रणमा लिएको हो।गुलरिया नगरपालिका–१०, पर्सिया गाउँमा नेपाल–भारत सीमा क्षेत्रको करिब ५ सय मिटर उत्तर नेपालतर्फ ना ५ प ३४५४ नम्बरको ट्रकमा लोड गरी राखेको अवस्थामा अवैध तरबुजाको बीउ बरामद गरिएको छोटी भन्सार कार्यालय गुलरिया, बर्दियाकी प्रमुख अनिता पौडेलले जानकारी दिइन्। गएराति करिब मध्यरातम