काठमाण्डु- यमनमा इरान समर्थित हुथी विद्रोही समूहले आफ्नो सैन्य प्रभाव विस्तार गर्दै साउदी अरबमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण तीव्र बनाएको छ। साउदी नेतृत्वको गठबन्धनले लामो समयदेखि सैन्य दबाब र हवाई आक्रमण जारी राखे पनि हुथीको प्रभाव घट्नुको सट्टा थप विस्तार भइरहेको छ। हुथीले यमनको लालसागर तटीय क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गरेपछि अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षालाई लिएर