काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले लगानीकर्ताको विश्वास आर्जन गर्न नीतिगत सुधारका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्।बिहीबार काठमाडौँमा आयोजित ‘यूके–नेपाल बिजनेस फोरम’मा मन्त्री साहले अवसरसँगै लगानी आकर्षित गर्न विश्वास, नीतिगत पूर्वानुमानयोग्यता, पारदर्शिता र समयमै निर्णय आवश्यक रहेको भन्दै यसमा सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे। उनले दोहोरो कर हटाउने सम्झौता, कर नीतिको स्थिरता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्ति संरक्षण