काठमाडौं : धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नयाँ बहुमत) ले सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने भएको छ।नेकपा (बहुमत) र नेकपा (जनपक्ष)बीच एकता भई नेकपा (नयाँ बहुमत)पुनर्गठन गर्दै सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने निर्णय गरिएको संयोजक धर्मेन्द्र बास्तोलाले जानकारी दिए। दुई पार्टीबीचको एकतापछि काठमाडौंमा बसेको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा नवगठित नेकपा (नयाँ बहुमत)का संयोजक बास्तोलाले पदकेन्द्रित नेतृत्व प्रणालीको अन्त्य गरी वास्तविक