काठमाण्डु– काठमाण्डु महानगरपालिका–१२, टेकुमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाको परीक्षण सञ्चालन तथा हस्तान्तरण समारोह आयोजना गरिएको छ । फोहोर व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै त्यसबाट ऊर्जा उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त परियोजनाको परीक्षण सञ्चालन तथा हस्तान्तरण कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललगायतको उपस्थिति रहेको थियो ।