काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बिमा ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ । संशोधनमार्फत स्वास्थ्य बिमा प्रणालीलाई व्यवस्थित बनाउने र सबै नागरिकलाई बिमाको दायरामा ल्याउने तयारी गरिएको छ । बिहीबार स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बिमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग यस विषयमा थप छलफल भएको हो ।