वीरेन्द्रनगर : नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले कांग्रेसको प्राथमिक्ता शक्ति संघर्ष नभई संगठन र राष्ट्र निर्माण हुनुपर्ने बताएका छन्। निशुल्क स्वास्थ्य शिविर लिएर कर्णालीको विकट जिल्ला डोल्पामा पुगेका नेता शर्माले स्थानिय कांग्रेस नेता तथा कार्यकर्ताहरुसँगको भेटघाटमा यस्तो बताएका हुन्। पार्टी भित्र आन्तरिक प्रतिस्पर्धाको बहस चर्किरहेका बेला पार्टीको प्राथमिकता गुटगत शक्ति संघर्ष नभई संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र र समुन्नत राष्ट्र निर्माणको स्पष्ट मार्गचित्र हुनुपर्ने उनले बताए।