काठमाडौं : काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने आकाशे पुल निर्माण गर्ने भएको छ।अस्पतालका दुई भवनमा आवतजावत गर्न बिरामीलाई समस्या भएपछि महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्न लागेको हो। पुल निर्माण कार्यको बिहीबार काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्यास गरेकी छन्। सो क्रममा डंगोलले अस्पतालको गेटबाहिरसम्म बिरामीको लाइन, व्यस्त क्षेत्र तथा सडक पार गराउँदा बिरामीले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिइन्।पुरा