वीरेन्द्रनगर : कर्णालीमा सञ्चालन भइरहेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटतर्फ लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा मधेश प्रदेशसँग पराजित हुँदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको हो ।बिहीबार वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ओभरमा सात विकेटको क्षतिमा ७९ रन बनायो । लुम्बिनीले दिएको ८० रनको लक्ष्य मधेशले १२.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।मधेश प्रदेशकी ओपनर एलिशा यादवले ४२ रनको महत्त्वपूर्ण पारी खेलिन