काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरमा कुनै पनि सम्झौता नगर्न सेवा प्रदायक र नियामक निकायलाई निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार आयोजना गरेको ‘दूरसञ्चार सेवाको वर्तमान अवस्था तथा सेवाको गुणस्तर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवा नागरिकको आधारभूत आवश्यकतासँग जोडिएकाले गुणस्तरीय सेवा उपलब्ध गराउनु सबै पक्षको