सुनकोशी–मरिण ठेक्का रद्द : प्रधानमन्त्री कार्यालयको भूमिकामाथि छानबिन गर्न आङ्देम्बेको माग

  • बिहीबार ११ मंिर २०८३ १२:०० PM
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।कांग्रेसकै आह्वानमा गत कात्तिक १७ गते बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् र संसदीय समितिको बैठक बोलाउन माग गरेअनुसार मंगलबार सार्वजनिक लेखा समितिको बैठक बसेर सरकारलाई सातबुँदे निर्देशन दिएको पृष्ठभूमिमा आङ्देम्बेले प्रधानमन्त्री कार्यालयका पदाधिकारीमाथि पनि छान